शम्भु चौधरी लहान ३ फाल्गुन । सप्तरीको सुरुगां नगरपालिका वडा नं ८ मलहनमा गाँउका डोम समुदायको लागि बनाएको नमुना बस्ति अहिले प्रयोग विहिन भएका छन् । करिब २ वर्ष अगाडी निर्माण सुरु गरेको ठेकेदार उलफत मियाले अहिलेसम्म सो नमुना वस्ति तिर कुनै ध्यान नदिएको र आज भोलि बनाइदिन्छु भन्दै टार्दै गरेको नमुना वस्तिका अध्यक्ष दुर्गी डोमिनले बताइन् ।
बाह् घरधुरी डोम बस्तीलाई नमुना बस्ती बनाउन नेपाल सरकारबाट आएको रकम कहाँ गायो समुदायको कसैलाई थाहा नभएको बताए । अधुरा भवन बस्ने लायक पनि छैन । ठेकेदार मियालाई भदा उल्टै हामी माथी नै रिसाउछ । हामी गरीब मान्छे के गरौ । सरकारले भवन दिए पनि त्यसमा बस्ने लायक नभएको महेन्द्र मल्लिकले बताए ।
यता वडा नं ८ का वडा अध्यक्ष श्याम देव साहले पनि कुनै किसिमको ध्यान नदिएको वस्तिका अध्यक्ष डोमिनले आरोप लगाइन । नेपाल सरकार द्वारा प्रदान गरिएको डोम समुदायको नमुना वस्ति अधुरा राखि उल्टै ठेकेदार मियाले धाक धम्कि देखाएको तथा कुनै स्थानिय नेताहरुले समेत त्यस वस्ति प्रति चासो नदेखाएको स्थानिय डोम समुदायहरुको आरोप छ ।
भवन निर्माण भएको कारिब २ वार्ष ३ महिना भई सकेको छ ।