सिरहा,१९ माघ । बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग बारगन्जको टोलीले आज गोलबजारमा बजार अनुगमन गरेको छ । टोलीले अनुगमनका क्रममा उपभोक्ता हित बिपरित ब्यापारिक गतीबिधि गरेको भन्दै ब्यापारी ब्यबसायीलाई जरिवाना समेत गरेको छ ।
उद्योगी ब्यबसायीले उपभोत्ताको हित बिपरित म्याद गुजे्रका सामाग्री बिक्री बितरण गरेको, मिसावट गरी उत्पादन गरेका अखाद्य बस्तु बिक्री बितरण गरी उपभोत्ताहरुमाथि खेलबाड गरेको , दर्ता नबिकरण नगरी ब्यबसाय संचालन गरेको , मुल्य सुची नराखेको उपभोत्ताको गुनासो बढेपछि बिभागले बजार अनुगमन गरेको बिभागका सुचना अधिकारी दिलिप खड.खत्बेले बताएका छन ।
बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग कार्यलय बीरगन्ज , प्रशासन कार्यलय सिरहा, गोलबजार नगरपालिका उप-प्रमुख मान्ती देबी साह , उद्योग ब्यापार संघ गोलबजार,स्वास्थ्य शाखा प्रबन्धक -निरन्जन सिंह ,प्रहरी सहितको संयुक्त टोलीले अनुगमनका क्रममा गोलबजार नपा- ६मा रहेको श्री नव रामजानकी जेनरल स्टोरलाइ म्याद सकिएको मुल्य सूची नराखेको आरोपमा २० हजार ,गोलबजार नपा-६ मा रहेको राज किराना पसल २० हजार,गोलबजार नपा-४ मा रहेको हाइ-च्वाइस पसललाइ पाँच हजार रुपैया जरिवाना गरेको छ ।
उपभोक्ता संरक्षण ऐन बिपरित गर्ने र उपभोत्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने गरी ब्यबसाय संचालन गर्ने ब्यबसायीलाई उपभोत्ता संरक्षण ऐनको दफा ३८ र ३९ अनुसार कार्बाही गरिएको खत्बेले बताउनु भयो ।
त्यसैगरी अनुगमनका क्रममा अनुगमन टोलीले म्याद गुज्रिएका पेय पदार्थ , अन्य खाद्य बस्तु बरामद गरी डिस्पोज गरेको सुचना अधिकारी खत्बेले जानकारी दिनु भयो ।