लैंगिक हिंसा बिरुद्ध वडास्तरिय छलफल कार्यक्रम सम्पन्न
नेपाल पोस्ट दैनिक
January 14, 2023
मा प्रकाशित
Spread the love
लहान ३० पुस । किशोरी अधिकार संरक्षणको लागी सरोकारवालाहरुसंग लैंगिक हिंसा बिरुद्ध वडास्तरिय छलफल कार्यक्रम सम्पन्न गरिएको छ । जागृती बाल तथा युवा सरोकार नेपाल तथा कावासोती न.पा. वडा नं. १२ को संयुक्त आयोजनामा सा.से.केन्द्र न.प.(पुर्व) को समन्वयमा कावासोती न.पा.वडा नं. १२ को सभाहलमा ‘ किशोरी अधिकार संरक्षणको लागी सरोकारवालाहरु संग लैंगिक हिंसा बिरुद्ध वडास्तरिय छलफल कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडाका वडा अध्यक्ष धुर्ब खनालको अध्यक्षतामा आयोजीत कार्यक्रममा वडाका वडासदस्यहरु, बिद्यालयका प्रतिनिधी, स्वास्थ्य संस्थाका प्रतिनिधि , स्थानिय आमा समुह ,टोल विकास संस्था तथा कल्वका प्रतिनिधि लगायत स्थानिय सर्वसाधरण गरी ४० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा जि.प्र.का. न.प.(पुर्व) बाट खटिनु भएको प्र.स.नि. बिन्दु बि.क.ले पावर प्वाईटको माध्यम द्वारा लैंगिक हिंसा सम्बन्धि सचेतनामुलक प्रशिक्षण दिनुभएको सामुदायिक प्रहरी नवलपुरले जनाएको छ ।