सम्वादाता लहान १९ पुस, सिरहाको धनगढीमाइ न पा को कृषि बिकास शाखाको आयोजनामा नगर स्तरीय तरकारी खेती सम्बन्धि अगुवा कृषक तालिम सम्पन्न भएका छन।
पालिका भरीका १४ वाडा बाट १ महिला १ पुरुष २/२ जना गरि जम्मा २८ जना अगुवा कृषकहरुलाइ जैविक विधि द्वारा लहरे तरकारी खेति गर्ने सम्बन्धि तालिम दिएका छन। मापदण्ड बिपरित रासायनिक बिषादीको प्रयोगको कारण जल ,जमिन , जङ्गल , जिवजनावर लगायत बातावरणमा नाकारात्मक असर परेको, खेत र पेट दुबै बिरामी रहेकोले यसलाई नियन्त्रण गर्न कृषि क्षेत्रलाई माथी उकास्न भविस्यमा खाद्य संकट निम्तिन नदिन जैविक खेती हाम्रो आब्श्यक्ता रहेको मेयर शिव शंकर महतोले कार्यक्रम उदघाटन शस्त्रमा बताएका थिए।
तालिममा सहभागी सम्पुर्ण कृषकलाइ सम्बोधन गर्दै मेयर महतोले थोरै भए पनि तरकारी जैबिक खेती गरौ। तरकारी दलहन तेलहन मसला लगायत अन्न बाली तथा फलफूल नगदे आदि बालीको लागि उप्युक्त हाम्रो पालिकाको माटो रहेकोमा तरकारी खेतिमा पहिला देखि नै नाम चलेको ठाउ हाम्रो पालिका रहेकोले कृषकहरु संगठित रुपमा कृषि पेशालाइ ब्यबसायिक बनाउन आग्रह गरेका छन।
यता स्थानिय सरकारको निर्णय अनुसार कृषि बिकास शाखाले कृषकलाइ कृषिमा आत्मनिर्भर बनाउन पालिका भरीका किसानलाइ संगठित बनाउदै विभिन्न चरणको कार्यक्रम्म सन्चालन भैरहेको जानकारी शाखा प्रमुख मसीलाल साहले जानकारी दिएका हुन। किसान, समूह, सहकारीहरुले कृषि सम्बन्धि हरेक गतिबिधिमा हामीलाई पनि सहभागी गराउन आग्रह गर्दै स्थनिय सरकार कृषिमा न्यून बजेट बिनियोजन गरेको समेत बताएका छन।