शम्भु प्रसाद चौधरी लहान ११ पुस । सिरहाको धनगढीमाई १२ स्थित भरत किराना पसलबाट पसलका सामान चोरी भएको छ । धनगढीमाई १२ को ठूलो पोखरी तल्लो विष्णुपुरमा गए राति चोरी भएको हो ।
पशलको उत्तरतिरको माटोले लिपेको वालको माथिल्लो भागमा फोडेर करिब ५५ हजार बराबरको किराना सामानहरू चोरी भएको पसल संचालक भरत मण्डलका छोराले बताएका छन् । गए राति करिब १ बजेको समयमा भएको चोरीको बारेमा बिहान करीब ५ बजेको समयमा पशल खोल्दा थाहा पाएको मण्डलका छोराले बताएका छन् ।
चोरीको बारेमा ईलाका प्रहरी कार्यालय ठटिया स्थलगत विवरण लिएर अनुसन्धान गरिरहेको बुझिएको छ ।