महेश सिंह सिरहा लहान १ पुष – लहान नगरपालिकाको उप- प्रमुख राम चलितर महतोले शिक्षा स्वास्थ लगायतका क्षेत्रमा अनुगमन थालेका छन्।बिगत केहि दिन देखि शिक्षा स्वास्थयमा सुधार ल्याउन उप- प्रमुख महतोले अनुगमन थालीएका छन्।
लहान नगरपालिका वाडा नम्बर ९ मा रहेको अधार भुत बिधालय गोठ टोलमा अनुगमन गरेका हुन्। वाडा अध्यक्ष घुरन चौधरी सहितको टोलिले बिधालयको अनुगमन गरेको हो।स्कुलमा गार्डेन सहितको हर्याली वातावरणमा पठन पाठन गराउन र नियमित शिक्षामा जोड दिन प्र अ लाई ध्यानाकर्षण गएका थिए।उक्त बिधालयमा करिब ४ सय विद्यार्थीहरु अध्यनरत रहेका छन्। आउने दिनमा उक्त बिधालयमा माबी सम्म संचालनमा आउने कार्यरत शिक्षक जितेन्द्र प्रसाद महतोले बताए।