ब्लू स्काई स्टुडियोद्वारा सरसफाई कार्यक्रम सम्पन्न
नेपाल पोस्ट दैनिक
December 15, 2022
मा प्रकाशित
Spread the love
शम्भु चौधरी लहान २९ मंसिर । नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाको वडा नं ५ घण्टाघर बाल मन्दिर स्थित ब्लू स्काई स्टुडियोको अगुवाईमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । परासी स्थित रहेको बालमन्दिर प्रती स्थानिय राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले व्यवस्थापकीय पक्षमा ध्यान केन्द्रित नगर्दा परिसरमा वनमारा घारी पलाएको हो ।
बालमन्दिर सरसफाई तथा विकासप्रति निकाय मौन रहेको अवस्थामा स्थानिय स्तरका निकायलाई जानकारी हुँदा हुँदै कानमा तेल र आँखामा चस्मा लगाएर बसिरहने निकायका अगाडी ब्लू स्काई स्टूडियोका दीपक सहानीकाे अगुवाईमा ” आफ्नो ठाउँ आफैं सफा राखौ र राम्रो कामको शुरुवात आफैबाट गरौ ” भन्ने मुल नाराका साथ परिसरमा भएको झारपात र फोहोरको सरसफाई गरिएको थियो ।
स्टूडियोका प्रशिक्षक र परीक्षार्थीको संयुक्त सहभागितामा गत मंसिर २४ गते विहान करीब १० बजेदेखि ४ बजेसम्म सरसफाई गरिएको थियो । कलिला बालाबालिकाहरुमा निकायहरुले वातावरणीय पक्षमा कसैले ध्यान केन्द्रित नगर्ने पक्का भए पछि उक्त सरसफाई थालिएको बुझिएको हो ।