• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 16, May, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राष्ट्रिय क्रिकेटका कप्तान लामिछाने निलम्बन

नेपाल पोस्ट दैनिक
    September 8, 2022  मा प्रकाशित

Spread the love

काठमाडौं  राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछानेलाई क्रिकेट एसोसिएशन नेपाल (क्यान)ले निलम्बन गरेको छ।

भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर नाबालिगमाथि पटकपटक बलात्कार गरेको लामिछानेमाथि आरोप छ। आफूमाथि बलात्कार गरेको भन्दै पीडितले मंगलबार प्रहरी वृत्त गौशालामा पुगेर जाहेरी दिएकी थिइन्।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको कार्यबाहक सचिव प्रशान्त विक्रम शाहले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। उनीविरूद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति पनि लिएको छ।

अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको हो।

‘काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछाानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रहरीले उनीहरू बसेको भनिएको होटलको सिसिटिभी फुटेज पनि प्रमाणको रूपमा संकलन गरिसकेको छ। त्यस होटलमा लामिछानेले आफूमाथि पटकपटक बलात्कार गरेको प्रहरीसमक्ष पीडितले बयान दिएकी छन्।

यस्तै उक्त होटल जानुअघि उनीहरू भक्तपुरको नगरकोट गएका थिए। त्यहाँबाट पनि सिसिटिभी फुटेज ल्याएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

आफूमाथि बलात्कारको आरोप लागेपछि क्यारेबियन मुलुक सेन्ट लुसियामा रहेका सन्दिप लामिछानेले क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) सँग सम्पर्क गरेका छन्। लामिछानेले क्यानसँग सम्पर्क गरेर कानुनी सहयोगको अपेक्षा राखेका हुन्।

क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुंगो छैन।

सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ। उनी नेपाल कहिले फर्किन्छन् भन्ने टुंगो लागेको छैन।

१८ वर्षमुनीका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई कानुनले बलात्कार मानेको छ।

मुलुकी अपराध संहिता, २०७४ को  परिच्छेद-१८ करणी सम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ।’

 

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • घरायसी विवादमा ६ जना गम्भीर घाइते
  • हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
  • विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
  • धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    • पछिल्ला
    • लोकप्रिय
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    ब्रम्हान मन्दिर जाने बाटो कालोपत्रे गर्ने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
    जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    घरायसी विवादमा ६ जना गम्भीर घाइते
    हमर नवराजपुर स्थानिय पाठ्यपुस्तक सार्वजानिक
    विपन्न तथा सिमाँक्रित बालबालिकाहरुका लागि गुणस्तरीय शिक्षामा जोड
    धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया
    धनगढीमाई नगरपालिका स्तरीय अगुवा कृषक तालिम
    छुटाउनु भयो की?
    राजा होइन, कांग्रेस सलबलिन्छ’ कांग्रेस नेताहरुको दाबी
    सूचना प्रविधिको विकासमा स्थानीय तहको सक्रियता आवश्यक : अध्यक्ष गुप्ता
    डिजिटल नेपाल निर्माणको सन्देशसहित नगर परिक्रमा
    संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
    शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑