महेश सिंह सिरहा लहान १७ भदौ – सिरहाको लहान नगरपालिका वाडा नम्बर ९ लहानगोठको अधारभुत बिधालय को ४ कोठे भवनको उद्घाटन भएको छ्। उक्त बिधालयमा करिब ४ सय विद्यार्थीहरु अध्ययन अध्यापन गरिरहेका छ।
निकै पुरानो भएकोले र बिधालयमा कक्षाकोठाको निकै अभाव रहेको थियो कार्यरत रहेका एक शिक्षकले बताए। बिधालय ब्यव्यवस्थापन समितिको अध्यक्ष भगवती प्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि महेश प्रसाद चौधरी रहनु भएको थियोे।
सोही वाडाका अध्यक्ष प्रदिप नारायण चौधरी बिशिस्ट अतिथि रहनु भएको थियो। पुर्व बिधालय ब्यव्यवस्थापन समितिको अध्यक्ष राम रतन यादवको समेत कार्यक्रम उपस्थिति रहेको आयोजकले बताए।
मेयर चौधरीका अनुसार बिधालय सुधारका लागी लहान नगरपालिकाले ५ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो। शिक्षक पुर्तिका लागी पालिकाले ४ वटा शिक्षक दिने बताए।
बिधालयमा शिक्षक अभावको कारण गुणस्तरीय शिक्षा हासिल गर्न निकै कठिन हुने उनले बताए। भवन उदघाटन संगै बृक्षा रोपन र नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेका थिए।