कपिलवस्तु , जेठ ३० जिल्लाकाे शिवराज साझेदारी बन व्यवस्थापन समितिले यस बर्ष डेढ लाख बिरुवा वितरण गर्ने लक्ष्य राखेकाे छ ।
जिल्लाकाे ४ साझेदारी बन व्यवस्थापन समिति मध्ये शिवराज साझेदारी बन व्यवस्थापन समितिले आर्थिक बर्ष ०७७/०७८ मा लगभग एक लाख बीस हजार टिक(सागवन) र तीस हजार मसलाका बिरुवा उपभाेक्तालाई उपलब्ध गराउने साझेदारीका अध्यक्ष जगदम्बा प्रसाद चाैधरीले बताउनुभयाे । उनले आज बन कर्मचारी र संचारकर्मीसंगकाे अन्तर्क्रियामा भारतीय सिमासंग सटेकाे याे साझेदारीमार्फत बन पैदावार पढाउने र जंगलकाे दायरा फराकिलाे बनाइ उपभोक्ताकाे बनमा पहुंच गर्ने मेराे लक्ष्य रहेकाे बताउनुभयाे ।
शिवराज साझेदारी बन व्यवस्थापन समिति जिल्लाकै नया समिति भएतापनि बन क्षेत्रफल बढाउन र निजि बन व्यवस्थापनमा हामी सफल भएकाे सहायक वनअधिकृत प्रेमशंकर गुप्ताले जानकारी दिनुभयाे। थाेरै समयमा करिब १२ हजार क्विब फिट काठ संकलन गरेका छाैं , काठ बिक्रीवितरण खुला गरिएकाे समाचार आएकाे छ तर अधिकारिक जानकारी नआएकाले काठ वितरण गर्न नसकेकाे अधिकृत गुप्ताले बताउनुभयाे ।
शिवराज साझेदारीले नर्सरी व्याड बनाई प्रत्येक बर्ष निशुल्क बिरुवा उपलब्ध गराउदै आएकाे छ भने यसबर्ष पनि असार ७ गतेदेखि वितरण गरिने जनाएकाे छ ।