छुटपुट
अन्तर्वार्ता
खेलकुद
देश
प्रदेश १
प्रदेश २
प्रदेश ३
प्रदेश ४
प्रदेश ५
प्रदेश ६
प्रदेश ७
पत्रपत्रिकाबाट
प्रवास
फिचर
बिजनेस
अटो
अर्थनीति
पर्यटन
बैँक / वित्त
रोजगार
भिडियो
मनोरञ्जन
मुख्य समाचार
नेपाल पोस्ट दैनिक बिशेष
विचार
विचित्र संसार
समाचार
साहित्य
सिफारिस
सूचना-प्रविधि
स्वास्थ्य-जीवनशैली
सामाजिक संजाल
कभर स्टोरी
देश बाहिर
गृह सजावट
धर्म-संस्कार
फिटनेस
फेसन
यौन स्वास्थ्य
सौन्दर्य
आज:
| Wed, 06, Dec, 2023
समाचार
बिजनेस
स्वास्थ्य-जीवनशैली
सूचना-प्रविधि
मनोरञ्जन
प्रवास
खेलकुद
अन्तर्वार्ता
पर्यटन
देश बाहिर
नागरिकको हक देऊ
नेपाल पोस्ट दैनिक
June 14, 2020 मा प्रकाशित
Spread the love
म हजुरको भैया, धोती र मर्सिया
बलराम तिमिल्सिना सरकार
हजुरलाई
मेरो बोली पारिको लाग्छ
मेरो धोती पारिको लाग्छ
मेरो अनुहारको रङ्ग
हजुरलाई झन पारिको लाग्छ
मलाई देख्ना साथ हजुर सोध्नु हुन्छ-
‘ भैया घर कहाँ है ,सीतामाढी ?’
म हजुरको भैया
म हजुरको मर्स्या
म हजुरको धोती
म हजुरको काले
म हजुरको घुसपैठिया
म हजुरको अङ्गिकृत
साँच्चि हजुरलाई
पारिकाले कान्छा र बहादुर भन्दा कस्तो लाग्छ ?
हरेक रात सीमा मिचिदा
हजुरको त एउटा मनको देश दुख्छ
मेरो त हजुर
आँगन दुख्छ
खेत दुख्छ
डगर दुख्छ
पाइखाना गर्ने चउर दुख्छ
कैले कैले त घरै दुख्छ
साँच्चि हजुरसँग
बिएसएफसँग भिडेको अनुभव छ ?
हजुर यो देशको मालिक
हजुरको अनुहारकाहरू
सबै यो देशका मालिक खान्दान
हजुरहरू जन्मजात देशभक्त
हामीहरू त हजुर
अनुहारले नै ठगिएका मान्छे
भेषभुषा र भाषाले ठगिएका मान्छे
हामीलाई देश दुख्दा
आफ्नो खेतजस्तै दुख्छ
साँच्चि हजुरलाई देश कसरी दुख्छ मालिक ?
हाम्रो खेतलाई सुख्खा राखेर
हजुरले कोशी बेच्नु भयो
तै पनि हजुर राष्ट्रवादी
हाम्रो बस्तीलाई मरुभूमि बनाएर
हजुरले गण्डकी बेच्नु भयो
तै पनि हजुर देशभक्त
हामीलाई उल्लू बनाएर
हजुरले महाकाली बेच्नु भयो
अझ हामी नै अङ्गीकृत
साँच्चि नि हजुर,
देश बेच्दाको बखत
अपराध बोध नहुने रैछ ?
हजुरलाई
दार्जिलिङ् स्वदेश लाग्छ
मधेश विदेशलाग्छ
हजुरलाई
अम्वर गुरुङ्ग
सूर्य विक्रम ज्ञवाली
धरणीधर कोइराला
पारसमणि प्रधान
यी सवै वंशज लाग्छ
म हजुरलाई अङ्गीकृत लाग्छ
साँच्चि हजुर,
हजुरलाई नेपाल पहाड मात्रै लाग्छ ?
हामी त हिजो पनि रैती
हामी त आज पनि रैती
रैती नाथेलाई
जुन देश भए पनि के फरक ?
यो देश त सगरमाथाको देश
यो देश त गोर्खालीको देश
यो देशको मुहारमा
मधेशको माटोको गन्ध कहाँ छ ?
यो देशको इतिहासको कितावमा
हाम्रो इतिहासको पाना कहाँ छ ?
साँच्चि नि हजुर
हजुरलाई वुध्द भन्दा राम महान लाग्छ है ?
यो धरतीको एक थान देशमा
हजारौं वर्षको इतिहास बोकेर
एउटा रैथाने नागरिक हुन नसकेको
म तिम्रो अनागरिक भैया
समयको ओछ्यानबाट ब्युँझेर
जोड जोडले चिच्याइरहेको छु-
………
कि मलाई नागरिकको हक देऊ
कि मलाई देश खोज्ने हक देऊ
यस्तो घर न घाटको जिन्दगी
कृपा गरेर अब नदेऊ
साँच्चि नि मालिक ,
हजुरलाई पानीपुरी त खुश मन पर्छ है ?
फेसबुकबाट कमेन्ट गर्नुहोस
सम्बन्धित समाचार
आत्मनिर्भर बन्न महिला समूहमा डल कुशन तालिक
विद्यालय प्रशासनले माफी मागेपछि विवाद समाधान
सुरुंगा ८ को नमुना डोम बस्ती अधुरै,बनाई दिन्छ कि पर्खाईमा
कुटपिट मुद्दाका फरार अभियुक्त पक्राऊ
पछिल्ला
लोकप्रिय
नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
आज देशभरका अदालत बन्द
रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल
समाचार
नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
छुटाउनु भयो की?
संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की
अवतरणका क्रममा, मनाङ एयरको हेलिकप्टर दुर्घटना
मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी
↑