पुनर्वास ,जेठ २८/ कञ्चनपुरको पुनर्वासमा क्वारेन्टाइनमा बस्ने व्यक्तिहरूको संख्या दिनप्रतिदिन बढ्नाले क्वारेन्टाइन व्यवस्थापनमा अहिले निकै समस्या र चुनौती खडा भएको छ ।
नगरले कोरनटाईनमा बसीरहेका हरूका निम्ति खाने बस्ने ब्यवस्था मिलाई दिए पनि कोरनटाईनमा बसीरहेका निम्ति उच्च मनोबल बढाउनका निम्ति मनकारी ब्यापारी, समाजसेवी र इच्छुक दाताहरुले कोरनटाईनमा केही न केही दिइरहेका छन।
त्यस्तै विभिन्न सहयोगी मनहरु मध्येका एक जना सहयोगी पुनर्वास नगरपालिका आई बि आर डी निवसी युवा ब्यबसायी दिपक किराना तथा तरकारी पसल एवं दिब्य मसाला उद्योगका सञ्चालक दीपक सुनारले पनि क्वारेन्टाइनमा तरकारी र मसाला सहयोग गरेका छन् ।
पुनर्वास नगरपालिका ५ भानु बस्ती स्थित गौरीशंकर माध्यमिक बिधालयमा रहेको क्वारेन्टाइनमा आज युवा ब्यबसायी दिपक किराना तथा तरकारी पसल एवं दिब्य मसाला उद्योगका सञ्चालक दीपक सुनारले पनि तरकारी सहयोग गरेका हुन् ।
उनले सो क्वारेन्टाइनमा ३० केजी मुला , १५केजी काक्रा , १५केजी सेमी, १० केजी ,करेला ५ र केही खुर्सानी बेसार धनियाँ र जिरा मसाला सहयोग गरेका थिए ।
क्वारेन्टाइनमा रहेका दाजु भाइ तथा दिदि बहिनीहरुको लागि आफुले सहयोग गर्न पाउँदा अतिनै खुशी भएको बताउदै, उनले भने “हामी जस्तो सचेत युवा ब्यबसायीहरुले दुःखको समयमा सहयोग गर्नु आफ्नो दायित्व र कर्तव्य रहेको बताए। उनले आफुले निरन्तर आउने दिनहरूमा पनि समाजिक सेवाका साथै यसरी नै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने जानकारी दिए ।
आफू पनि बचौं अरुलाई पनि बचाउँ र घर भित्र सुरक्षित बसौं भन्ने उद्देश्यका साथ कोरोना महामारीको विषम परिस्थितिमा क्वारेन्टन्इनमा पुगेर आफुले सकेजति तरकारीहरु सहयोग गरेको युवा ब्यबसायी एवम् दिब्य मसाला उद्योगका सञ्चालक दीपक सुनारले बताउनुभयो।
सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा सहायोग सामाग्री ग्रहण गर्दै पुनर्वास नगरपालिका-५ का वडा सदस्य शकुन्तला क्षेत्रीले ब्यवसायी दिपक सुनारलाई हृदय देखि नै धन्यवाद दिएका छन् ।भने ईच्छुक सहयोगी दाताहरुलाई सहयोग गर्न अनुरोध गरेका छन् ।