अछामको बयलपाटा अस्पतालका एकजना कर्मचारीले जागिरबाट निकालेको भन्दै आफ्नै शरीरमा आगो लगाएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक भारतीका अनुसार साफेँबगर नगरपालिकाका सिदार्थ आउजीले सोमबार अस्पताल परिसरमा पट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाए ।
उनी अस्पतालमा सरसफाइ कर्मचारीका रुपमा कार्यरत थिए । अस्पतालले केही समयअघि आर्थिक संकट परेको भन्दै कर्मचारीहरु हटाएको थियो । जागिर गुमेपछि आउजी तनावमा रहेको र त्यही कारणले शरीरमा आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
उनलाई उपचारको लागि हेलिकप्टरमार्फत कोहलपुर पठाइएको जानकारि डीएसपी भारतीले दिए ।