वीरगंज २२ जेठ । विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण नेपाल पनि प्रभावित छ । गएको ७३ दिनदेखि नेपाल लकडाउनमा छ । नेपालमा पनि संक्रमितको संख्या दिनप्रतिदिन बढीरहेको छ ।
कोभिड १९ महामारीको रुपमा फैलिरहेको भए पनि लकडाउन कार्यान्वन तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने काममा प्रहरी अहोरात्र खटिनु परिरहेको छ ।
फ्रन्टलाइनमा बसेर काम गर्ने प्रहरीको मनोबल बढाउनुको साथै उनीहरुलाई स्वास्थ्य सामग्री आवश्यक देखिएकाले रेडियो सान्भी र साझा डेलि डटकमले बिहीबार वडा प्रहरी कार्यालय श्रीपुरलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
रेडियो र साझा डेलीले आफ्नो सामाजिक उत्तरदायित्वलाई वहन गर्दै वडा प्रहरी कार्यालय श्रीपुरलाई थर्मल गन १ थान, सेनिटाइजेसन स्प्रे मेसिन १ थान, एन ९५ मास्क, स्यानिटाइजर र स्यानिटाइजर स्ट्याण्ड १ थान उपलब्ध गराएको हो ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दीपक साहलाई एक कार्यक्रमकाबीच प्रबन्धक नवराज फुयाँलले आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।