सप्तरी २२ , जेठ । सप्तरीको बलानबिहुल गाउँपालिका वडा नम्बर – २ मा आज स्वास्थ्य चौकी र वडा कार्यालय भबनको संयुक्त रुपमा सिल्यानास भएको छ । बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईत र वडा नम्बर– २ का वडा अध्यक्ष बिरेन्द्र गोईतले संयुक्त रुपमा सिल्यानास गरेको थियो ।
रबिन्द्र गोईतको २ कठठ जग्गा , भोगान्नद गोईत , अन्जुला देबी गोईत र दिनेश गोईतको संयुक्त रुपमा २ कठठ गरी ४ कठठ जग्गा सो भबनका लागी दान गरिएको छ । सामाजसेबी ,बुद्धिजीबि पत्रकार , वडा सदस्यहरुको रोहबरमा भबनको सिल्यानास गरिएको थियो ।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष बिन्देश्वर यादव , बरिष्ठ समाजसेबी तथा पुर्व गाबिस अध्यक्ष अरुण कुमार गोईत सामाजसेबी नागेश्वर यादबको समेत उपस्थिती रहेको थियो । शिल्यानास कार्यक्रममा हिन्दुधर्मको बिधि बिधान अनुसार परमपरा अनुसार पण्डित अछ्मितलाल चौधरी ले पुजा आराधना गरेका थिए ।