गौशाला १८ जेठ।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेकाे गाैशाला वजार अाईतवार देखि पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएकाे छ ।
लक डाउनकाे घाेषणा भए पनि कार्यवन्य पक्ष फितलाे भएकाे कारण गाैशाला नगरपालिकाले सात दिनकाे लागि पुर्ण रुपमा वजार बन्द गर्ने निर्णय गरेकाे गाैशाला नगरपालिका उप प्रमुख अाशा लामाले वताईन ।पहिले किराना पसल, फुडस पसल तथा अन्य खध्यान्न पसलहरुकाे साेमवार र विहिवार पुर्ण रुपमा बन्द गरिदै अाएकाे र बाँकिका दिनहरुमा दिउँसाे चार बजे देखि पसलहरु खुल्ला गर्ने निर्णय भएकाे थियाे तर काेराेना भाईरसकाे विग विगि बढदै गईरहेकाे कारण सात दिनकाे लागि पुर्ण रुपमा बन्द गर्ने निर्णय भएका छन।
सबै पसल बन्द गरे पनि फरक नपर्ने तर अत्यधिक किराना पसल तथा वचाहरुकाे लागि पाउने फुडस पसलहरुमा समाजिक दुरी कायम गरि कमतिमा दुई घण्टा खुल्ला गरिएकाे भए अति राम्राे हुने थियाे स्थानियहरुले जनाएका छन।कति पय बच्चाहरु दूध खाने गरेकाे र किराना समाग्री हरेककाे घरमा अनिवार्य हुनु पर्ने भएकाेले निर्णायक कर्ता त्यस तर्फ ध्यान नदिएकाेमा कतिपयले गुनासाे गरेका छन।
तर कच्चा पदार्थहरुमा जस्तै अालु,प्याज,फलफुलहरुलाई दुई दिन भित्रमा विक्रि गर्न छुट दिएकाे तर घर निर्माण समाग्रि खरीद गरेमा वडा न५ का वडा अध्यक्षकाे ईजाज्त लिनु पर्ने निर्णय भएकाे गाैशाला उधाेग वाणिज्य संघका सचिव रमेश कुमार यादवले जनाएका छन ।