पवन पाेख्रेल दाङमा १४ जेठ।दाङमा थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।घाेराही उपमहानगर पालिका र लमही नगरपालिकामा नयाँ काेराेना संक्रमित फेला परेका छन् ।
अाज जेठ१४ गते बुधबार उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पीसीआर चेकजाँचमा उपमहाननगरपालिका – १० का ३ जना वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नम्बर १८ का ४ जना रहेका छन्। उनीहरु २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन्।
त्यसै गरी लमही नगरपालिकामा ८ जना संक्रमित फेला परेका छन् । वडा नम्बर ५ मा २ र ८ मा १ जना १ का २६ वर्षीय १ जना, वडा नम्बर २ का १७, ३० वर्षका दुईजना वडा नम्बर ४ एक जना, २६ वर्षीय पुरुष, वडा नम्बर ५ का तीन जना २० वर्षका दुई जना र २३
वर्षको एक जना गरि दाङमा सबैगरी जम्मा २ जना महिला र१६ पुरूष भएको प्रतिष्ठानले जनाएको छ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका उपकुलपति प्रा.डा. संगीता भण्डारीकाे अनुसार दाङ र पुर्वी रूकुमकाे पुथा उत्तरगंगा–१४ र १५ का तीनजनामा पोजेटिभ संगै अाज प्रतिष्ठानमा कुल १८ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभएको छ । यसअघि दाङका पाँच जना कोरोना संक्रमण देखिएको थियो ।याे संगै दाङमा संक्रमितकाे संख्या २० पुगेकाे छ ।
अाज देशभर गरि ११४ जनामा कोरोना पुष्टि भएको छ र याे संगै काेराेना संक्रमितको संख्या ८८६ पुगेकाे छ।