गौशाला १२ जेठ। महोत्तरीमा लागु औषध ओसारपोसार गर्ने कारोबारी र प्रहरी संग गए राती भएको भिडन्तमा प्रहरीको गोली लागि एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार रामगोपालपुर नगरपालिका ७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रामगोपालपुर ७ निवासी १६ वषर्ीय राजन यादव रहेको एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।प्रहरीले घटनामा लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वषर्ीय सुरेन्› यादव र २७ वषर्ीय राहुल यादवलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी महोत्तरीले जनाएको छ ।
जारी लकडाउनका बेला पनि ठूलो मात्रामा लागुऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएका सादा पोशाकका प्रहरी र लागुऔषध कारोबारी बीच रामगोपालपुर ७ स्थित सडकमा राति करीब ८ बजेतिर भीडन्त भएको थियो ।
एसपी अधिकारीको अनुसार चारैतिरबाट घेरा हाली लागुऔषध कारोबारीले आक्रमण गर्न खोजे पछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा गोली लागि राजनको घटना स्थलमा मृत्यु भएको हो । मृतक राजनको शरीरका विभिन्न भागमा ६ राउण्ड गोली लागेको देखिएको छ ।
एसपी अधिकारीले सोही स्थानबाट सुरेन्› र राहुललाई गिरफ्तार गर्न समेत सफल भएको बताउनुभयो । घटनास्थलबाट केही मात्रामा लागुऔषध नाइट्रोभेट ट्याबलेट पनि बरामद गरिएको छ ।
सो भीडन्तमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा प्रहरी जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव गम्भीर घाइते भएको र उनीहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको जनाइएको छ ।