गौशाला १० जेठ।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा स्थित माेडहा तथा बाँके खाेलामा रहेकाे वालुवा गिट्टि क्रसरमा उप मेयर अाशा लामाकाे श्रीमान विष्णु लामाकाे संलगन्ता रहेकाे मिडियामा अाएकाे खवर निराधार रहेकाे प्रवक्ता भाेजवहादुर दर्लामिले जनाएका छन ।
नदि उत्खनन् राेक्नकाे लागि तीन तहकाे सरकारकाे जिम्मावारी रहेकाे कारण नगरपालिकाले अाज सम्म राेक्न नसकेकाे स्पष्ट पारे ।केही दिन पहिले शिक्षा मंत्रि गिरीराज मणि पाेखरेलले नदी उत्खनन् बन्द गर्न निर्देशन दिएकाे कारण बन्द भएकाे थियाे र फेरि उत्खनन् सुचारु कसकाे निर्देशनमा भएकाे हाे अाफुलाई पनि थाहा नभएकाे दर्लामिले वताए । समय समयमा जिल्ला समन्वय समिति तथा नगरपालिकाले नदी उत्खन्नकाे अनुगमन गरि रहेकाे छ ।
तर समाचार लेख्दा तथा पढदा सत्यमा अाधारित रहि लेख्न वा पढन संचारक्रमिलाई प्रवक्ताले अाग्रह गरे ।नदी उत्खन्नमा माफिया तंत्र हावि भएकाे कारण उत्खन्न बन्द हुन नसकाेकाे वडा अध्यक्ष महेश प्रसाद सिंहले जनाए।उप मेयर अाशा लामाकाे श्रीमान विष्णुलामाकाे क्रसर उधाेगमा संलगन्ता भएकाे अथवा नभएकाे अाफुलाई थाहा नभएकाे स्पष्ट पारे ।तर नदी ठेक्का लगाउने सुचना अाफु पाए पनि नदि ठेक्का लागेकाे दिन अाफुहरुलाई नगरपालिकाले कुनै जानकारी गराएकाे छैन यहाँ नीर नै माफिया तंत्रकाे चलखेल भएकाे महसुस भएकाे सिंहकाे भनाई छ ।
उता मेराे नाम अथवा मेराे श्रीमान विष्णु लामाकाे नाममा कुनै क्रस उधाेग दर्ता नभएकाे र त्यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलगन्ता नरहेकाे उप प्रमुख अाशा लामाले जनाईन । म प्रति कुनै लक्षणा लगाएर समाचार प्रसारित गर्नु राम्राे नभएकाे हाे ।कसैकाे चरित्र हत्या गर्ने कसैकाे अधिकार नरहेकाे लामाले वताईन । नदी उत्खनन् बन्द हुनु पर्छ मेराे व्यक्तिगत धारणा र सर्वदलिय समितिले पनि निर्णय गरेर दिएकाे उनले स्पष्ट पारिन् ।