१० जेठ , सर्लाही।विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सर्लाहीमा थप १३ जनमा संक्रमण पुष्टि भएको छ ।
योसँगै सर्लाहीमा संक्रमित संख्या ३३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्ती अनुसार शणिबार गोडैता नगरपालिकामा १२ जना र कविलासी नगरपालिकामा १ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो ।
भारतबाट फर्किएपछि गोडैताको कोरेन्टाइनमा राखिएका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
कोरोना संक्रमण पुष्टि भएका कबिलासी नपा निवासी व्यक्ति हाल काठमाण्डौमै रहेको प्रजिअ जिसीले जानकारी दिनुभयो । गोडैता नगरपालिकालाई हिजोदेखि नै सिल गरिएको छ भने कविलासी नगरपालिको संक्रमितको बारेमा थप बुझने काम भईरहेको उहाँले बताउनुभयो । संक्रमण पुष्टि भएका व्यक्तिहरुको स्वाब परीक्षण काठमाण्डौको टेकु अस्पतालमा गरिएको छ । हिजो शुक्रवार बिहान गोडैतामा १४ जना र रामनगर गाउँपालिकामा १ जना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो पनि पढनुहोस
त्यस्तै कोरोना भाइरसबाट नेपालमा संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड(१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो । शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र काठमाडौंका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् । त्यस्तै नेपालमा यो भाइरसबाट ३ जनाको मृत्यु भएको छ भने ७० जना निको भएर घर पनि फर्किसकेको छ ।