काठमाडौं १० जेठ।जिन्ना अन्तर्रा्ष्ट्रिय विमानस्थलनजिकै पाकिस्तानको इन्टरनेशनल एयरलायन्स (पीआईए)को यात्रुवाहक विमान दुर्घटना हुँदा ९८ जनाको ज्यान गएको छ ।
लाहौरबाट कराची गइरहेको उक्त विमान शुक्रबार दुर्घटना भएको हो । पीआईएको उक्त यात्रुबाहक विमान ल्याण्डिङ हुनु भन्दा पहिल्यै दुर्घटना हुन पुगेको हो । उक्त विमान रिहायशी इलाका मोडल टाउनमा खसेको जानकारी गराएको छ ।
विमान दुर्घटनाका कारण उक्त ईलाकाका ७ वटा घरहरु पूरै जलेर नष्ट भएको छ । अहिले पाकिस्तानी सेनाले उद्दार कार्य गरिरहेको जानकारी गराइएको छ । विमान दुर्घटना भएको स्थलमा धुँवै धुँवा फैलिएको जनाइएको छ । उक्त विमान दुर्घटनामा के कति क्षति भयो भन्ने विषयमा केही उल्लेख गरिएको छैन । कराची अस्पतामा इमरजेन्सी घोषणा गरिएको जनाइएको छ । घाइतेहरुलाई अस्पताल लैजाने क्रम जारी छ ।