काठमाडौं ८ जेठ। कोभिड-१९ कोरोना भाइरस अहिले विश्वभरी फैलिएको समयमा नेपालमा पनि दिनप्रतिदिन संख्या बढिरहेको छ रोकथामका लागि नेपाल सरकारले लकडाउन संगै अहिले उपत्यका प्रवेश गर्ने नाका पनि सिल गरेको छ आज बाट भने संक्रमण आज पनि बढेको छ।
दाङमा थप एक जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ। राप्ती सवास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहीबार गरिएको परीक्षणमा घोराही उपमहानगरपालिका– ३ का ३७ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा संगीता भण्डारीले जानकारी दिइन्।
उनका अनुसार उनि पुरुष घोराही उपमहानगरपालिकाको कुइरेपानी क्वारेन्टाइन रहेका थिए।कोरोना संक्रमित पुरुष जेठ ५ गते भारतबाट दाङ आएको खुलेको छ। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या २५४ पुगेको छ। तीमध्ये दुई जनाको मृत्यु भएको छ भने ४९ जना संक्रमित निको भएर घर फर्किएका छन्।