राधेश्याम राम कल्याणपुर, ०७ जेष्ठ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपाल सप्तरीले खडक नगरपालिका र सुरुंगा नगरपालिकामा रहेका ४ वटा बर्थिङ्ग सेन्टर र १४ वटा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुकालागी पि.पि.ई. सेट, सर्जिकल ग्लोब्स तथा माक्सको बितरण गरिएको छ ।
स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि स्वास्थ्य सामाग्रिहरु बितरण गरिएको जानकारी सबल नेपालका अधिकृत राधेश्याम रामले जानकारी गराउनु भएको छ ।
दुवै नगरपालिकाको जिम्मेवार कर्मचारी र जनप्रतिनिधीहरुको उपस्थितीमा वितरण गरिएको स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा सुरुंगा नगरपालिकालाई उच्च गुणस्तरको ५३ सेट पि.पि. ई, सर्जिकल ग्लोब्स १०० जोड तथा माक्स ३३ जोड बितरण गरिएको थियो भने खडक नगरपालिकालाई ५० सेट पिपिइ, ८० जोड सर्जिकल ग्लोब्स तथा ३० थान मास्क बितरण गरिएको थियो । यस अघी दुवै नगरपालिकाको छ वटै कोरेन्टानमा भर्ना भएका कोरोना जाँचका विरामीहरु र कार्यरत स्वास्थ्यकर्मीहरुकालागी सावुन, गमछा झुल वेडसिट सेनीटाईजर पानीजार k95+ सर्जिकल माक्स लगायतका सामानहरु समेत वितरण गरिसकेको सुरुङ्गा नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ चौधरीले जानकारी गराउनु भएको छ ।
सामाग्रि बितरण सुरुंगा नगरपालिकामा स्वास्थ्य संयोजक भुप नारायण चौधरी र समाजिक बिकास समिति संयोजक देवेन्द्र प्रसाद चौधरीको उपस्थितीमा गरिएको थियो भने खडक नगरपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत महिनारायण चौधरी, स्वास्थ्य संयोज जयकान्त पंडित, जिन्सी प्रमुख धनराज साह, स्वास्थ्य चौकी ईन्चार्ज, बिभिन्न वडाका वडा अध्यक्षहरु लगायतको उपस्थित रहेको थियो भने सबल नेपालका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।