गौशाला ७ जेठ।२१ वर्ष यताकै शक्तिशाली तुफान भारतको पश्चिम बंगाल, असाम हुँदै नेपालमा समेत प्रवेश गर्न लागेको छ ।मौसमविदहरुका अनुसार बंगालको खाडीबाट उठेको अम्फान नामक तुफान तिब्र गतिमा ओडिशा र पश्चिम बंगालको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ ।अम्फान तुफानले पहिले पारादीप माथि प्रहार गर्ने बताइएको छ । यहाँ आज विहानैदेखि भारी वर्ष भैरहेको छ ।
यो तुफान केही बेरमै दीघा तटमा ठोक्किने बताइएको छ ।पश्चिम बंगालबाट १ सय किलोमिटरको दुरीबाट शुरु भएको यो तुफानको गति करिब २ सय किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ ।बंगालको खाडीबाट शुरु भएको यो तुफान तिब्र गतिमा पश्चिम बंगालमा अवस्थित सुपर साइकलोन तटतर्फ अघि बढिरहेसँगै यो अझै खतरनाक हुँदै गएको छ ।तुफानको खतरा हेर्दै भारत सरकारले उडिशा र बंगालको तटीय क्षेत्रका बासिन्दाका १४ लाख व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।
यो तुफानको प्रभाव नेपालमा समेत पर्ने देखिएको छ ।
मौसमविदका अनुसार आज दिउँसोपख चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन, वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ ।
बुधबारबेलुकीपख चक्रवातको प्रभाव बढि पर्ने र रातिबाट प्रभाव कम हुँदै भोलि बिहीबार दिउँसोबाट मौसममा सुधार आउन थाल्ने मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ ।