बीरगंज ।नेपाली कांग्रेस पर्साका सभापती अजय कुमार द्विबेदिले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि तीन तहको सरकारले जसरी काम गर्नुपर्ने थियो त्यो गर्न नसकेको आरोप लगाउनु भएको छ ।
वीरगञ्जमा मंगलबार स्थानीय पत्रकारहरूसँग कुरा गर्दै पुर्व सांसद समेत रहनु भएका कांग्रेसका पर्सा सभापति दिवेद्धीले कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि तिनै तहको सरकारले अगामी ७७(७८ को बिकास बजेट जनताको औषधि उपचारमा खर्च गर्नुपर्ने बताउनु भएको हो ।
पर्सेली संचारकर्मीहरु संग कुरा गर्दै सभापती द्धिवेदीले जन्ताको घरघरमा पुगि राहत बितरण गर्नु पर्ने मा जोड दिनु भो र अहिलेसम्म बाडिएको राहतमा केही बीरगंज माहानगरपालिकाका वडामा वडा अध्यक्षहरुले अफ्नो मनोमानि गरि गरिबहरुलाई नै राहतबाट बन्चित गरेको आरोप समेत लगाउनुभयो ।
उहाले बिभिन्न् वडा अध्यक्षहरुले प्रदेश सरकर को खिल्ली उडाउदै अफ्नो मनोमानी ढंगले राष्ट्रिय पार्टी बिनाको सर्बदलिए बनाई राहत बितरण गर्दा ठाउँ ठाउँ झडप् भएको जिकिर गर्नुभयो ।
कांग्रेस पर्साका सभापती द्विबेदिले पर्सा नारायणी उपक्षेत्रीय अस्पतालमा अहिले सम्म सबै सेवा सुचारु नगरेको हुदा पर्साका जनताहरुलाई मार्का परेकोमा आक्रोश पोख्दै उनले भने, ‘वीरगञ्जलाई सरकारले कोरोना भाइरसको राजधानी बनाउन खोजेको भन्दै आफ्नो पार्टीको आपत्ति रहेको बताए।
निषेधाज्ञा र लकडाउनबाट समस्यामा परेका अति विपन्न र मजदुरहरूलाई खाद्यान्य समस्या भएको भन्दै सभपती द्विबेदि रास्ट्रीय पार्टीको सर्वदलिय समिति बनाई कुनै पनि भेदभाव नगरेर राहत वितरण गर्न तिनै तहको सरकार संग माग गरेका छन् । उनले भने राहत वितरणमा भेदभाव गरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।