वीरगंज ६ जेठ।मित्र राष्ट्रहरूको आयुर्वेद तथा योग प्रतिको विश्वास अझ बढी प्रभावकारी हुन गएको सुन्न सकिन्छ, भारतको आयुष मन्त्रालय र चिनमा क्लासिकल मेडिसिनको प्रयोग सफल रहेको समेत विभिन्न सञ्चारमाध्यमहरु बाट सुन्न र हेर्न सकिन्छ।
हालैमा हाम्रो नेपालको नीति तथा कार्यक्रम प्रस्तुत भएकोमा सम्माननीय राष्ट्रपति ज्युको अभिव्यक्तिमा आयुर्वेद,योग , प्राकृतिक चिकित्सा लगायतको कार्यान्वयन गराउने संकेत हुँदा हुँदै नारायणी अस्पताल वीरगंजमा कोरोना संक्रमितहरुको उपचारमा आयुर्वेद चिकित्सा पद्धति मा उल्लेख रहेको तथा आयुर्वेद विभागको निर्देशिका अनुसार सोही अस्पतालमा रहेको जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्सा द्वारा संचालित आयुर्वेद परामर्श केन्द्रको सक्रियतामा आयुर्वेद विभागको निर्देशिका अनुसार संक्रमितहरुको थप उपचार गर्नुपर्ने आवस्यक्ता रहेको आयूर्वेद स्वास्थकर्मी धिरेन्द्र सिंहले बताएका छन।
२०५२ सालको स्वास्थ्य नीतिमा प्रत्येक ५वटा गाविस काबिच एक आयुर्वेद औषधालय को स्थापना गरिने छ। २०७० साल जेष्ठ मा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको तात्कालीन केन्द्रिय सचिव तथा सूचना संचार प्रमुख धिरेन्द्र कुमार सिंह रहनु भएको केन्द्रीय कार्यसमितीले २०७० जेठमा गरेको आन्दोलनको फलस्वरूप आयुर्वेद विभाग, स्वास्थ्य मन्त्रालय र समाज बीच भएको सहमतिको विभिन्न १२ बुँदे सहमति हरु मध्ये दुई दशक पछि २०७२ सालमा ९१ वटा आयुर्वेद औषधालय खुलेपश्चात बाकी सहमतिहरु अधुरो रहेको परिपेक्ष्यमा विश्वले अँगाल्न लागेको मौलिक चिकित्सा पद्धतिको रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धतिको तीन तहको सरकारले समेत बेवास्ता गरेको दुःखद अवस्था छ।
पछिल्लो समयमा देश संघीयतामा जादैगर्दा संविधानको मर्म अनुरूप प्रत्येक पालीकाहरूमा आयुर्वेदको सेवा पुर्याउने अभिप्रायले सबै पालीकाहरु मा राखिएको दरबन्दिहरुमा महानगर र उप महानगर बाहेक बाकी पालिकाहरु को प्रस्तावित दरबन्दी कटौती गरेर विभेद गरिएको समाजको ठहर छ। प्रदेश १ र ७बाहेक बाकी पाँचवटै प्रदेशमा आयुर्वेदलाई प्राथमिकतामा नराखेको विडम्बना देखिएको छ।
७५३ स्थानीय निकायहरु मध्ये ४९९ पालिकामा आयुर्वेद संस्था विहीन रहेको दुःखद अवस्था मा संविधानमा उल्लेख भएतापनि नीति निर्माता बाट बेवास्ता गरिएको आयुर्वेद चिकित्सा पद्धतिको विकास विस्तार गरिनु आजको आवश्यकता रहेको छ।सबैकालागि स्वास्थ्य सेवा एकद्वार प्रणाली को अवधारणालाई मद्य नजर गर्दै २०७०/०७/०७ गते नारायणी अस्पतालमा विगत ६वर्ष देखि जनस्वास्थ्य कार्यालय पर्साको तात्कालीन का प्र. श्री अरुण महतो, नारायणी अस्पतालको तात्कालीन मे सु श्री राम शंकर ठाकुर र तत्कालिन प्रमुख जिल्ला अधिकारी श्री कैलाश बजीमै ज्यु द्वारा जनस्वास्थ्य लाई मद्य नजर गर्दै संचालित आयुर्वेद परामर्श केन्द्रलाई हालसम्म सम्बन्धित निकायले बेवास्ता गरेको छ।
जीवन जिउने कला सिकाउने , रोग लाग्न नदिने,रोग लागि सकेपछि रोगलाई समुल नष्ट गरी दीर्घायु बनाउने पद्धति तथा नसर्ने रोगको उपचारमा प्रभावकारी मानिने आयुर्वेद चिकित्सा पद्धतिको विकास विस्तार हुनुपर्नेमा उल्टै सम्बन्धित निकायले गरेको बेवास्ताले बन्द हुने अवस्थामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन गराइएको आयूर्वेद एसिस्टेन्स धीरेन्द्र सिंह ले बताएका छन