संजु छतकुलि ६ वीरगंज।नेपाली काग्रेसका महासमिति सदस्य एवम प्रदेश सभा उम्मेदवार
रामरुप कुर्मीले देशमा स्वास्थ्य, मानवीय, आर्थिक र राजनीतिक संकट देखिएका वेला पनि त्यसलाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम नआएको बताएका छन् ।
स्वास्थ्यमा सामान्य उपकरण पनि उपलब्ध नभएको भन्दै उनले सरकारको कटाक्ष गरे । उनले भने, ‘अहिले मूल चारवटा संकट छ । स्वास्थ्य, मानवीय, आर्थिक र राजनीतिक संकट देखापरेको छ । यसलाई कसरी हल गर्नेबारे स्पष्ट छैन । स्वास्थ्यमा न्यून सङ्ख्यामा वार्डसमेत छैन । औषधि, उपकरण छैन । जनशक्ति छैन । यसको व्यवस्थापन कसरी गर्ने अत्तोपत्तो छैन । रोगसँग लड्न सक्ने अवस्था रहेको छैन ।’
नीति तथा कार्यक्रमले महामारीको बेलामा सरकारले लागु गरेको लकडाउनकमा जनताको लागि राहत प्याकेज को ब्यसथा गर्न नसकेको उनको भनाइ छ । संकटलाई रोक्न तत्कालीन, मध्यकालीन र दीर्घकालीन राहत व्यवस्था गर्नुपर्ने भए पनि नीति तथा कार्यक्रमले त्यता ध्यान नदिएको उनले बताए
कोरोना रोकथामका लागि आवश्यक जनशक्ति र उपकरण उपलब्ध नभएको उनको भनाइ छ । ‘सरकारले लकडाउन र न्यून परीक्षणबाहेक केही गरेको छैन,’ उनी भन्छन् ।
प्रदेश नमबर २ मा बढि कोरोना संक्रमित भए पनि प्रदेश सरकार र केन्द्रीय सरकारले अाज सम्म कोरोना अस्पताल बनाउन सकेन।राहतको नाउमा मात्र राजनीतिक भएको देखिएको छ।
माहामारिकाे बेलामा पानी जहाज ,अावधि याेजनाकाे जरुरि छैन तर बिदेशबाट घर र्फकि रहेको युवा तथा मजदुर लागि सरकारले रोजगारीको सृर्जना गर्नु पर्छ। लकडाउन र कर्फु लगाएर मात्र कोरोना भाइरस लागने बाट समस्या समधान हुदैन त्यसको लागि सरकारले तुरुन्तै घरघरमा स्वास्थ टोली पैठाई चेकजाँच गर्नु पर्नै बताएका हुन।
लकडाउन र कर्फुको बेलामा सरकारले जनताको घरघरमा होमडिलेभरी सेवा बाट जनताको अावशयक पर्ने खाघान्न बस्तुहरु पुर्याउनु पर्छा ।
निति कार्याक्रममा सरकारले
युवाहरूलाई देशमा पूर्वाधर विकास, कृषि र स्वास्थ र खेलकुदको आर्थिक संकटको रूपमा हेर्दा राजनीतिक स्थिरता दिएर सरकार बन्यो, तर बजेट खर्च गर्ने क्षमता नै छैन सरकारसँग युवा नेता रामरुप कुर्मीले बताउनु भयो।।