महोत्तरी ४ जेठ।महोत्तरी जिल्लाको गौैशाला नगरपालिका ८ स्थित मरहा खोलामा अवैध रुपले नदी उत्खन्न गरिएको विरोधमा स्थानीयले नगरपालिकाको कार्यालय घेराउ गरेका छन ।
आईतवार दिउँसो गौशाला ८ भण्टावारीका एक समुहले नदी उत्खन्नको विरोधमा धर्ना दिएका हुन । आफुले वारम्वार नगरपालिकामा जानकारी गराउँदा समेत कहिकतैबाट पहलकदमी नभएपछि वाध्य भएर धर्ना दिएको स्थानीय सुरेश महतोले जनाएका छन।
गत साता नदि अवलोकनमा पुगेका संघिय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले दिएको निर्देशन विपरित स्थानिय क्रसर संचालकले दिनदहाडै नदि उत्खन्न गर्दा समेत सम्बन्धि निकाय मुखदर्शक भएपछि नगरपालिका घेराउ गर्न आएको महतोले प्रतिक्रिया दिएका हुन ।