महोत्तरी ४ जेठ।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेकाे मा. वि.गाैशाला र नवराजपुरमा रहेकाे क्वारेन्टाइनमा अाज सम्म ६३ जना व्यक्ति भर्ना भएकाे थियाे त्यस मध्ये ३७ जनाकाे स्वाब परिक्षणकाे रिपाेर्ट निगेटिभ अाएकाेले घर फर्काईएकाे र १६ जनालाई क्वारेन्टाईनमा राखिएकाे छ र थपमा
नाै जनालाई शनिवार सम्सी,वटाैवा र गाैशाला लगायत विभिन्न ठाउँ वाट ल्याई क्वारेन्टाईनमा ल्याईएकाे संयाेजक देवेन्द्र प्रसाद यादवले जनाएका छन यि सबै व्यक्तिहरु भारतकाे विभिन्न ठाउँ वाट मजदुरी गरि घर फर्किएका थिए।
उहाँहरुलाई नियमित रुपमा समय तालिका अनुसार चेक जाँच गर्नुकाे साथै खानाकाे उचित व्यवस्था मिलाईएकाे छ ।गाउँ घरमा विदेश वाट अाएकाे कुनै नागरिक भए क्वारेन्टाईनमा पठाई दिन अाग्रह गरे याे राेग एक व्यक्ति बाट अर्काे व्यक्तिमा सर्ने भएकाेले अाफु बाचाै र अरुलाई पनि बचाउ यादवलेअाग्रह गरे ।