आकाश झा जनकपुर १ जेठ।धनुषाको हँसपुर नगरपालिकाका एक वडा अध्यक्षले फर्जी कागज तयार गरेर उपभोक्ता समितिले धरौटी राखेको रकम निकासा गरेको तथ्य बाहिरिएको छ ।
हँसपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रामसेवक मंडलले उपभोक्ता समितिले जम्मा गरेको एक लाख वडाबाट नक्कली प्रमाण तयार बैँकबाट निकसा गरेका छन।
वडा नं ७ स्थित नौवाखोरमा माटोग्राभेलको लागि नगरपालिकाबाट दस लाख विनयोजन गरेका थिए सोही योजना संचालनका लागि ७ सदस्य उपभोक्ता समिति गठन गरेका थिए ।
अन्तिम बिल भुक्तानी लिन कूल बजेटको दस प्रतिशत रकम समितिको खतामा धरौटी राख्नुपर्ने प्रवधान रहेतापनि अन्य सदस्यहरु सँग धरौटी राख्ने पैसा नहुदा समितिका कोषाध्यक्ष राम परिक्षण मंडलले एक्लै संयुक्त खतामा एक लाख जम्मा गरेर काम सुचारु गरे ।
योजना सम्पन भएपछि उपभोक्ता समितिका सातै सदस्यहरु खर्चको हिसावकिताब गरेर अन्तिम बिलको भुक्तानीको लागि कागज तयार गरी नगरपालिकामा पेश गरे त्यसपछि नगरपालिकाबाट ९ लाख ५२ हजारको चेक पाइयो समितिका कोषाध्यक्ष परिक्षण मंडले बताए । उनले भन्ने
हामीलाई नगरपालिकाबाट ९ लाख ५२ हजारको चेक दियो त्यसमा वडा अध्यक्षले दस प्रतिशत कमिसन मागे अध्यक्षलाई कमिसन दिदाँ हामीलाई घटा लाग्ने भयो धरौटीमा मेरो एक्लै लगानी भएकाले मैले कमिसन नदिने अडानमा रहे ।
त्यसपछि वडा अध्यक्षले उपभोक्ता समितिका अध्यक्ष बेचन मंडल र सचिब पूनम मंडलको मिलोमतोमा कोषाध्यक्ष विदेश गैइसकेको वडाबाट सिफारिस गराएर मलाई जानकारीनै नदिएर खताबाट रकम निकसा गरेको कोषाध्यक्ष मंडले बताए ।
रकम फिर्ता लिन बारे बुझ्न बैँक जदाँ धरौटी रकम लगिसकेको थाहा पाएपछि आश्र्चचकित भए र बैँकमा जून सिफारिस देखाएर धरौटीको रकम निकाले त्यो सिफारिस पत्र लिएर घर आएको बताए ।
यता वडा अध्यक्षले उपभोक्ता समितिकै निर्णय अनुसार कोषा अध्यक्ष विदेश गएको र आउने निश्चित नरहेकाले खता बन्द र धरौटी फिर्ताको लागि नगरपालिकामा सिफारिस गरेको र नगरपालिकाले बैँकमा सिफारिस गरेको बताए ।