काठमाडौ २९ बैशाख।कोभिड-१९ कोरोना भाइरस अहिले संसारभर महामारीको रुपमा फैलिएको बेला छ धेरै देशका मानिसहरूको ज्यान गैसकेको सोही रोग नेपालमा पनि अछुतो भने छैन दिनप्रतिदिन संख्या बढिरहेको छ।
यस्तै भर्खरै प्राप्त जानकारी अनुसार कपिलवस्तुमा ६ जना र रुपन्देहीमा ६ जना बर्दियामा १ जना गरि १३ जना कोरोना भाइरस पुष्टि भएको छ भने आज सोमबार मात्रै २४ जना कोरोना संक्रमण पुष्टि भए छ नेपालमा अहिले संख्या निकै तिब्र गतिमा बढिरहेको छ।
उक्त पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् उनका जानकारी अनुसार संक्रमित लाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा परिक्षण गरिएको बुझिएको छ ।
अहिले पुष्टि भए संगै नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ अब आउने दिनमा के हुने हो भन्ने मानिसमा त्रास बढिरहेको छ नेपाल सरकारले केही दिन देखि लकडाउन खुकुलो गरे संगै संक्रमण झन्झन् थपिएको छ।
ो