महोत्तरी गौशाला २८ बैशाख।लक डाउन भए देखि मजदुरी गर्न नपाएकाेले छाक टार्न निकै समस्या भएकाेले महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका कार्यालयकाे गेटमा अाईतवार पु:ह गरीव,महीला तथा अति विप्नन परिवारहरुले ताल्चा लगाएका हुन ।
सम्सी गाउँपालिकाका प्रमुख शेख फारुकले केही दिन अगाडि पाँच दिन भित्र राहत दिने प्रतिवद्वता जनाएकाे भए पनि अाज सम्म राहत नपाएकाेले बाध्य भएर ताल्चा लगाउनु परेकाे वडा न .७ का प्रकाश कापर र विल्टु खतेवले जनाएका छन ।
यस वडाका लागि दस लाख रु.छुट्याए पनि गाउँपालिकाकाे प्रतिनिधिहरुकाे अापसमा मेलमिलाप नभएकाे कारण गरीवहरु राहत बाट वन्चित हुनु भएकाे स्थानियहरुले अाराेप लगाएका छन । हामिहरुकाे घरमा चुल्हाे बन्द भएर खान नपाएर दिन रात खालि पेट सुत्न बाहेक कुनै उपाय नरहेकाे सीता देवि रामले दुःख व्यक्त गर्दै भनिन ।