महोत्तरी गौशाला २६ बैशाख।लक डाउनकाे कारण मजदुरी गर्न नपाएकाहरुकाे लागि प्रदेश २ काे सरकारले दिएकाे राहतमा महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न८ शिवनगरमा धनिपरिवारलाई वाँडिएकाे राहत प्रति गरीव ,मजदुर तथा स्थानियहरु द्वारा विहिवार वडा कार्यालय घेराउ गरिएका छन । राहत पाउनेहरुलाई राहत नवाँडेर जसकाे जग्गा जमिन, ऋण लगानि गरिने तथा चुनावमा भाेट दिएकाहरुलाई राहत दिएकाेमा वडा कार्यालय घेराउ गरिएकाे मजदुर तथा अति विपन्न परिवारहरुले जनाएका छन ।अाफुलाई खानकाे लागि एक छाक नरहेकाे र विरामि परेकाेले छाक टार्न निकै सास्ति वेहाेर्नु परेकाे शिवनगरका सुखर राउत भेेडियरले दुःख व्यक्त गर्दै जनाए। अाफ्नाे अाँखा अगाडि धनी परिवारलाई राहत दिएकाे तर अाफु अति विप्नन परिवार भए पनि अाफुलाई राहत बाट वन्चित गरेकाे उनले दुःख व्यक्त गर्दै भने । गरीवहरुलाई सहि तरीका वाट पहिचान नगरी जाति र पार्टीकाे अाधारमा पहिचान गरि राहत वाँडिएकाे फेकन रामले अाराेप लगाए छन ।उता सर्वदलिय समितिकाे अनुसार वाडामा नाम संकलन भएकाेले राहत वितरण गरेकाे वडा अध्यक्ष राज देव यादवले जनाएका छन ।
वडाकाे जनसंख्या चारहजारकाे हारा हारिमा रहेकाे भए पनि राहत पाउने व्यक्ति दुई सय भन्दा वढि नभएकाे तर पार्टी प्रतिनिधिकाे कारण चार सय जनालाई राहत वितरण गरेकाे स्पष्ट गरे । यदि कुनै गरीव परिवार राहत बाट बन्चित भएका छन भने पुनह लिष्ट तयार गरि चार दिनकाे भित्रमा राहत वितरण गर्ने यादवले प्रतिवद्वा जनाए । वाडामा अाठ लाख रुपयाँ अाए पनि कतिकाे समान खरीद भएकाे छ त्यसकाे हिसाब किताब हुन नसकेकाे हाे। तर परिवारकाे जन संख्या अनुसार बीस किलाे तथा दस किलाे चावल, दुई किलाे तथा एक किलाे दाल, अालु पाँच किलाे ,नुन तेल, सावुन लगायत वितरण गरेकाे यादवले जनाए।यस गाउँपालिका भरीमा सब भन्दा गरीव तथा विपन्न परिवार वाडा न .८ शिवनगर र सिंहासनिमा नै रहेकाे वडा अध्यक्ष यादवले जनाएका छन ।