संजय विश्वकर्मा
लहान २५ , बैशाख । सिरहाको लहान नगरपालिका वडा नम्बर – २२ मा आज देखी राहत बितरण सुरु भएको छ । स्थानिय किसानको १६ क्विन्टल गहुँ खरिद गरिद गरी स्थानिय मिल मै पिसान गरेर ५ किलोको पोका बनाई राहत बितरण गर्न लागीएको हो ।
वडामा २ सय ७५ जना बिपन्न लाई राहत दिने वडा अध्यक्ष बिन्देश्वर यादबले जानकारी दिनुभएको छ । आज बर्छबा बेली र पटेर्बा टोलमा राहत बितरण भैरहेको वडा अध्यक्ष यादबले बताए । भोली जहदी गम्हरीया र सिसवनी टोलमा राहत बितरण हुने जनाईएको छ ।
लकडाउन बाट प्रभाबित बिपन्न वर्गलाई राहत दिन प्रदेश सरकारले नगरपाकिलामा पठाएको १५ लाख रुपैयाको राहत बितरण भैरहेको छ । लहान नगरपालिकाले २४ सौं वडामा प्रति वडा ६२ हजार ५ सय रुपैयाको दरले रकम बाँडफाड गरेको थियो, त्यै पैसाले वडा अध्यक्षहरु दास्रो चरणको राहत बितरण गरिरहेको छ ।