रोहित कुमार मण्डल सप्तरी (कुशहा ) २३ बैशाख । विश्व व्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस अर्थात कोविड –१९ रोकथाम तथा नियन्त्रणको लागी नेपाल सरकारले गरेको लकडाँउनलाई सप्तरीको सुरुङ्गा नगर पालिकामा ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरी तथा सशस्त्र प्रहरी बल बेश क्याम्प कुशहाले संयुतm रुपमा थप कडाइ गरेको छ ।
नेपालमा दिन प्रतिदिन कोरोनाबाट संक्रमितको संख्या थपिदै जाँदा सप्तरीमा पनि थप सर्तकता अपनाउदै प्रहरीले लकडनमा थप कडाई गरिएको सशस्त्र प्रहरी बल बेश क्याम्प कुशहाका सशस्त्र प्रहरी निरिक्षक शंकर शाहले जानकारी दिनुभयो । आज मंगलबार बिहानैदेखि ईलाका प्रहरी कार्यालय कडरबोनाले माइकिङ्ग गरि सर्वसधारणहरुलाई सचेत गराउदै नेपाल सरकारले गरेको लकडनको पुर्ण रुपमा पाल्ना गर्न अपिल गर्दै बिना कामले बजारमा हिडढुल गर्न समेत रोक लगाएको छ ।