महेश सिंह सिरहा २२ बैशाख ।
राहत बितरणमा कुनै बिपन्न छुटेमा गाउँपालिकामा सम्पर्क गर्न गाउँपालिका अध्यक्ष बिश्वमोहन यादबले बताउनु भएको छ । वडाले भरेको विपन्न बर्गको अभिलेख ढाँचा अनुसार राहत बितरण भैरहेको गापा अध्यक्ष यादबले बताएका छन । वडा नम्बर २ मा बिपन्न वर्गको लागी खानाको समेत ब्यबस्था गरेको उनले बताए । बिश्वमाहामारी कोभिड १९ कोरोना माहामारीमा परेका बिपन परिवार लाई राहतको ब्यबस्था गरेको छ् । सिरहाको नवराजपुर गाउँपालिकामा राहत बितरण भैरहेको छ । वडा नम्बर १ देखि ५ वटै वडामा राहत वितरण भैरहेको गाउँपालिका अध्यक्ष बिश्वमोहन यादबले जानकारी दिनुभएको छ ।
प्रति परिवार २ घर भएका भन्दा माथि परिवार भएको लाई ३० किलो चामल , ३ किलो चना दाल , २ किलो आयोडिन युक्त नुन , २ किले धारा तोरीको तेल , ल्याफब्याई साबुन ४ पिस , चिनी २ किलो बितरण भईरेको गाउँपालिका अध्यक्ष यादबले बताए । दुई घरमुली भन्दा कम घरपरिवारलाई त्यसका आधी राहत सामग्री बितरण हुने जनाईएको छ ।
पहिलो चरणमा गाउँपालिकामा भएका करिब ११ सय दलित घरधुरीमा राहत बितरण भैरहेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अमरेन्द्र कुसीयैतले जनाए । गाउँपालिकाका करिब ३ हजार कृषी मजदुर बिपन्नलाई दोस्रो चरणको राहत बितरणमा सहभागी गराईने उनले बताए । प्रदेश सरकारबाट १० लाख र गाउँपालकाबाट १ करोड ४० लाख रुपैया राहत बितरणका लागी बिनियोजन गरेको जनाईएको छ । यस अघि गाउँपालिकाले प्रत्येक वडामा साबुन , मास्क , गाउँपालिकाको सार्बजनिक स्थलमा बाल्टिीन , जग साबुन पानिको ब्यबस्था मिलाए छु बताउनु भयो ।