गौशाला २१ बैशाख।संघिय सरकार तथा स्थानिय सरकार द्वारा काेभिड १९ काे विरुध लक डाउन प्राणालि लागू गरे पनि महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा सम्वन्धित निकायकाे अगाडि सर्वसधारणहरुले लक डाउनकाे दज्जिया उडाएकाेमा स्थानियहरुले दु:ख गरेका छन।
पुरा देश लक डाउनकाे भएकाे अवस्था गाैशाला वजारमा रहेका पसलहरु अाईतवार विहान धामाधम खाेलिएका थिए। केही दिन अगाडि गाैशाला वजारमा लक डाउन भए देखि पसल लगायत बजारमा आउने मानिसहरुकाे अावागमन राेकिएकाे थियाे तर फेरि केही दिन देखि सम्बन्धित निकायले कुनै चासाे नलिएकाेमा मानिसहरुकाे अावगमन तथा पसलहरु पहिलेकाे जस्तै बिस्तारै बिस्तारै खाेलिदै गईरहेकाे वडा न. २ निगाैलका स्थानिय विरेन्द्र कुमार सिंहले जनाएका छन ।
नगरपालिकामा दुई वटा शस्त्र प्रहरी क्याम्प ,नेपाल प्रहरी तथा नगर प्रहरी भए पनि वजारमा लक डाउनकाे प्रभाव नपरेकाे उनले बताए । काेराेना भाइरसकाे अाैषधि अहिले सम्म कुनै देशले वनाउन नसकेकाेले एउटा मात्र उपाय साेसल डिन्सेन्सी र लक डाउनले मात्र काेराेनालाई प्रास्त गर्न सकिन्छ तर गाैशालामा सर्वसधारणहरुले अटेरि गरेर अावागमन गरे पनि समबन्धित निकाय मुखदर्शक भएकाे स्थानियहरुकाे अाराेप छ।
नगरपालिकाले धेरै नियम कानुन बनाए पनि अनुगमन फितलाे भएकाे कारण कार्यवन्य हुन नसकेकाे वुद्विजिवि तथा शिक्षा प्रेमीहरुकाे तर्क रहेका छन।