गौशाला १९ बैशाख।मजदुर दिवसकाे दिन शुक्रवार विहानै अाएकाे हवाहुरीकाे कारण महाेत्तरी जिल्ला लगायत गाैशाला नगरपालिका स्थित रहेका सर्वसधाण लगायत मजदुर परिवारहरुलाई सब भन्दा वढि समस्या भएका छन ।
विश्वव्यापी काेराेना सँग लडिरहेकाे अवस्था याे हवाहुरुले कयाैं गरीवहरुकाे घरकाे छापराे उडाईएकाेले रात दिन काटन मुस्किल परेकाे वडा न. ६ मैन टाेलाका मुशहर सामुदाय लगायत अन्य जातिका मजदुरहरुले जनाएका छन ।
एक त पहिले देखि छाक टार्न समस्या भई नै रहेकाे थियाे अब घरमा बस्नकाे लागि निकै समस्या बेहाेर्नु पर्ने उनिहरुले दुःख व्यक्त गर्दै जनाएका छन ।याे हवाहुरीले किसानले लगाएकाे मकै खेति लगायत अन्य खेतिलाई प्रभाव पारे सँगै ईठा उधाेगिहरुलाई लाखाैलाखकाे नाेक्सानि गरेकाे ईटा उधाेगिहरुले जनाएका छ ।
यस पालि पानी धेरै परेकाे कारण काँचाे ईटामा वढि क्षति भएकाे छ । लक डाउनकाे कारण ईटा विक्रि वितरण नभएकाेले मजदुरहरुकाे मजदुरी दिन निकै शास्ति बेहाेर्नु परेकाे ईटा उधाेगिहरुले जनाएका छन ।