कोहलपुर १९ बैशाख । स्थानीयको कुटाइबाट घाइते कालिकोट पचालझरना गाउँपालिका– १ का वडाध्यक्ष रत्नलाल न्यौपानेको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । बुधबार दिउँसो नेपाली कांगे्रस निकट स्थानीयले कुटपिटबाट गम्भीर घाइते भएका वडाध्यक्ष न्यौपानेको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि बिहीबार काठमाडौं रिफर गरिएको छ ।
बुधबार उपभोक्ता समिति गठनको विषयमा स्थानीय युवाले वडाध्यक्ष न्यौपानेलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । टाउकोमा गम्भीर चोट लागेका वडाध्यक्ष न्यौपानेको कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसक्दा थप उपचारका लागि काठमाडौं लगिएको घाइते न्यौपानेका भतिज धनिराम न्यौपानेले बताए ।