इटहरी १९ बैशाख । सुनसरीको इटहरीमा दर्दनाक घट्ना भएको छ । इटहरी ११ स्थित सिमरबनामा एक १७ बर्षिय किशोरीलाई ९ जना युवाहरुको समुहले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको हो । आफुलाई गत १४ गते राती सामुहिक बलात्कार गरेको भन्दै बिहीबार उजुरी आएको प्रहरीले जनाएको छ ।
सुन्दरहरैचा २ बस्ने ती किशोरीलाई सिमरबना चोक एकान्त बगौचामा घारीमा युवाहरुले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको हो । बलात्कार स्थानीय त्रिलोचन चौधरी र अमित चौधरी सहित ९ जनाले आफुलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी गरेकी छिन ।
त्रिलोचन र अमितलाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरिसकेको जनाएको छ । बाँकी ७ जनाको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । दैनिक नेपाल