दिनेश्वर गुप्ता / महेश सिंह
लहान १७ बैशाख । सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै मुद्दा दर्ता नगर्दा जनता समाजवादी पार्टी सिरहा पनि प्रदर्शन गरेको छ । लकडाउन उलघंन गर्दै कल्याणपुर ५ मा मशाल जुलुस प्रदर्शन गरिएको छ । कल्याणपुर ५ का वडा अध्यक्षसहित जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताले मशाल जुलुस प्रदर्शन गरेको जनता समाजवादीका कुशेश्वर पंजियारले बताए ।
पुर्व स्वास्थ राज्यमन्त्री डा.सुरेन्द्र यादवको अपहरण विरुद्व प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि मशाल जुलुस प्रदर्शन गरेको हो । कानुन सबैका लागि बराबर हो भन्दै अपहरण कान्डका मुद्दा अविलम्व दर्ता गर्नुपर्ने दबाब स्वरुप जुलुस निकालिएको छ । उक्त मशाल जुलुसमा प्रदर्शनकारीहरु मास्क लगाएर समाजिक दुरी समेत कायम गरि प्रदर्शन गरेका छन् ।