सप्तरीमा दुईदिनदेखी केही खान नपाएकी महिलाको प्रहरी कुटाइबाट मृत्यु भएको आरोप लागेको छ । सप्तरीको खड्ग नगरपालिका ६ वीरपुरमा लकडाउन उल्लघंन गरेको भन्दै प्रहरीले कुटेपछि स्थानीय जयनव खातुनको मृत्यु भएको भन्दै स्थानीयले प्रहरीको गाडी तोडफोड गरेका छन् ।
तर प्रहरीले भने कुटाइबाट मृत्यु भएको भन्ने प्रत्यक्षदर्शीको भनाइको खण्डन गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्ण प्रसाईँले मृत्यु भएकी महिलमाथी प्रहरीले कुटपिट नगरेको बताए । लकडाउन उल्लङ्घनका विषयमा प्रहरीसँगको वादविवादका क्रममा बेहोस भएर ढलेकी महिलामा मृत्यु ह«दयघातका कारण भएको एसपी प्रसाईँको भनाई छ ।
प्रहरीका अनुसार लकडाउन उल्घंघन गरेर सर्वसाधारण बाहिर निस्केको सूचना पाएर पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीलाई स्थानीयले राहत नपाएको भन्दै आक्रमणमा उत्रिएका थिए ।
हामीले काम नगरे खाना सरकारले दिनुपर्यो नि । हामी भोकै बस्ने हो रु’ भन्दै उनीहरूले वादविवाद गरिरहे’ सप्तरी प्रहरी प्रमुख एसपी प्रसाईँले भने , ‘त्यहीँ क्रममा ६५ बर्षीया जयनव खातुन बेहोस भएकी हुन् ।’