पवन पाेख्रेल १५ बैशाख दाङ। कोरोना भाइरस (कोभिड–१९) का कारण अरु जस्तै शैक्षिक क्षेत्र पनि प्रभावित भएको छ ।माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा हुन सकेको छैन भने एक कक्षा १ देखि ९ सम्म वार्षिक परीक्षा भएपनि नतिजा (रिजल्ट) सार्वजनिक गर्न सकिएको छैन ।
यससँगै नयाँ शैक्षिक सत्र पनि ढिलो मात्र सुरु हुने पक्का भएको छ ।
दाङमा निजी विद्यालयहरूले याप मार्फत नतिजा प्रकाशन गर्न थालेपनि देशभरका सामुदायिक विद्यालय लकडाउन खुल्ने मिति कुरेर बसेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइनेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले लकडाउन लम्बिए वा नलम्बिए पनि विद्यालयको परीक्षाफल प्रकाशित गर्न विद्यालयहरूलाई पत्राचार काे तयारी हुँदै गर्दा दाङकाे तुल्सिपुरमा रहेकाे फाेर्टिनाईन मावि, लमही नगरपालिका स्थित ज्याेतिष्मती विद्यापिठ , राेजि बड्स मावि र जयन्द्र बाेर्डिङ स्कुल ले पनि माेबाईल यप मार्फत २०७६काे नतिजा प्रकाशन गरेका छन् ।
यसरी यप मार्फत विद्यार्थीकाे नतिजा हेर्न मिल्नुकाे साथै मार्कसिट पनि घरबाटै प्रीन्ट गर्न सकिने विद्यालयले जनाएका छन् ।
शिक्षा मन्त्रालयकाअनुसार कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी छ । यसबारे शिक्षामन्त्री गिरिजामणि पोखरेलले बिहीबार सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भिडियो संवाद गरेका थिए ।