काठमाडौं १४ बैशाख।महिना दिनअघि बजारमा हाहाकार भएको खाना पकाउने एलपी ग्यासको अहिले माग घटेको छ ।
महिना दिनअघि बजारमा खाना पकाउने एलपी ग्यासको माग अत्यधिक बढेपछि एउटा सिलिन्डर भर्न उपभोक्तालाई घन्टौं लाइन बस्नुपरेको थियो ।
एउटा ग्यास सिलिन्डर भर्न उपभोक्ताले लामो लाइनबस्नु पर्ने भएपछि नेपाल आयल निगमले ग्यासको सहज आपूर्तिका लागि ग्यास उद्योगीलाई आधा सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको थियो ।
अधिकांश उपभोक्ताले दुई महिनालाई पुग्ने ग्यास घरमा थन्क्याएको र होटेल रेष्टुरेन्ट बन्द भएकाले पनि अहिले खाना पकाउने एलपी ग्यासको खपत आधा नै घटेको हो । यो समाचार आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेका छन् । रातोपाटी