प्रकाशपुरको बाटो हुँदै भोक्राहा बाट बेलुका ६.३० देखि झण्डै आधारात सम्म राजावास, चक्रघटि, बाङ्गे, नणाहा, चतरा लगायत धरान सम्मका व्यापारीहरुले बराहक्षेत्र न. पा. र धरान उपमहानगरपालिकाका विभिन्न वडाहरुको पास बोकी गाडिमा हरियो साग सब्जिको गाडी लेखेको ब्यानर झुण्डयाएर करिब १२ देखि १५ वटाको संख्यामा गाडिहरु तरकारी बोकेर लैजदा कोरोना भाईरस नसर्ने तर स्थानीयले उत्पादन गरेको तरकारी र मानिसबाट कसरी कोरोना सर्छ भन्दै किसानहरुले आक्रोश समेत पोखेका छन ।पुर्बेली न्युज
सुनसरी १४ बैशाख । सुनसरीका किसानहरुले उत्पादन गरेको तरकारीहरु यतिबेला लकडाउनका कारण बजारमा पुर्याउन नसक्दा बारीमै कुहिएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका कृषक धनिलाल मेहता लगायतका किसानले उत्पादन गरेको १२ क्वीन्टल बन्दा कोपी विक्रिका लागि लैजाने क्रममा शनिबार बेलुकी ९ बजे सुनसरीको राजावासका स्थानियवासी र जनप्रतिनीधि समेतले लकडाउनको कारण देखाउदै ट्रयाक्टर चालक, सह चालक र कृषकलाई समेत भोक्राहा नरसिंह बाट आएका लाई प्रकाशपुर एरिया भित्र छिर्न दिनु हुदैन भन्दै गालिगलोज संगै दुब्र्यबहार गर्दै साग सब्जी बाटोमै फ्याकन बाध्य बनाएका छन ।