रामेछाप १३ बैशाख।जिल्लको मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसले अनलाईन कक्षा संचालन गर्ने भएको छ ।
कोभिड –१९ (कोरोना भाईरस ) देश लकडाउन भएकाले नियमित पठनपाठन अबरुद्ध भएको १ महिना बितीसक्यो तर लकडाउन खुल्ने छाँटकाँट नभएपछि, पठनपाठन प्रभाबित भएको भन्दै अन्लाइन कक्षा संचालन गर्नलागेको हो ।विद्यार्थीहरुको पठनपाठनमा समस्या परेको भन्दै मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थली बैशाख १५ गते बाट अनलाईन कक्षा संचालन गर्ने भएको छ ।त्रिभुवन विश्वबिद्यालयको परिपत्र अनुसार अनलाईन कक्षा सञ्चालन गर्ने क्याम्पस प्रमुख ऋषि कार्कीले जानकारी दिनुभयो । क्याम्पस प्रमुख कार्कीको अनुसार अनलाईन कक्षा बिभिन्न सामाजिक सञ्जालहरुमा ग्रुप बनाएर तथा , जुम सफ्टवेयरको प्रयोग गरि सञ्चालन गरिने छ । भने,अनलाईन कक्षामा सहभागि हुन नसक्ने बिद्यार्थीहरूका लागि नोट उपलब्ध गराईनेछ ।