उनी महासंघको कोषध्यक्ष हुँदै उपाध्यक्ष पदमा रहेर क्रियाशील थिइन् । उनी सामुदायिक रेडियो महिला आवाज प्यूठानकी अध्यक्षसमेत थिइन् ।
महासंघले शोक विज्ञप्ति जारी गर्दै नेपाली पत्रकारिताले एक जुझारु र अनुभवी महिला पत्रकार गुमाएको जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टले शोक विज्ञप्तिमार्फत स्वर्गीय भट्टप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् ।दैनिक नेपाल