नरेन्द्र महतो गौशाला ११ बैशाख।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा विहिवार देखि लक डाउनमा पुर्ण रुपले कडाई गरिएकाे छ।
केही दिन यता काेराेना भाइरस पहाड लगायत तराईका केही जिल्लामा लगातार काेराेना विरामीहरुकाे संख्या बढिरहेकाेले गाैशाला नगरपालिकाका उप प्रमुख अाशा लामाले लक डाउन प्रभावकारी बन्न नसकेकाेले शस्त्र प्रहरी, जनपथ तथा नगरप्रहरीले विशेष रुपमा कडाई गर्ने भएकाेले कुनै व्यक्ति लक डाउनकाे उलन्धन तथा घर बाट बाहिर निस्किएमा प्रहरीले कानुन अनुसार कर्वाई गर्ने जनाईएकाे छ ।
लक डाउनकाे माैका छाेपि किराना तथा फुड्स थाेक व्यापारी र खुदरा व्यापारीहरुलाई कालाेवजारी नगर्नकाे लागि अन्तिम पटक चेतावनि दिएका छन र पसल अगाडि हरेक समानकाे मूल्य सुचि उधाेग वाणिज्य संघकाे सहजिकरणमा तीन दिन भित्र अनिवार्य राख्न निर्देशन दिएकाे उप प्रमुख तथा अनुगमन समितिका संयाेजक अाशा लामाले जानकारी दिईन ।
केही दिन देखि महाेत्तरी टुडे र नेपाल पाेष्ट दैनिक वनलाईन खवरहरु गाैशाला नगरपालिका भित्र व्यापक रुपमा खधायन्नमा कालाेवजारी र लक डाउनकाे धज्जिया उडाएकाे खबर अाईरहेकाेले र वजार अनुगमन गर्दा त्यस्तै सत्य कुराहरु पाईएका कारण कडा रुपमा नगरपालिका प्रस्तुत भएका छन ।
अब देखि कसैले नियम उलन्धन गरेकाे पाईएमा कानुन अनुसारकाे कर्वाई हुने अन्तिम पटक चेतावनि दिएकाे लामाले जनाईन । गाैशाला नगरपालिका तथा प्रहरी प्रशासनले जति कडाई गरे भने पनि त्यसकाे असर वजारमा नपरेकाे स्थानियहरु जनाएका छन ।