लमही दाङ ११ बैैैशाख।श्वभर काेराेनाकाे महामारी बढेकोमा चिन्ता व्यक्त गर्दै, लकडाउनकाे समयमा सबै ठाउँमा काम ठप्पभएकाे अवस्थामा दाङकाे लमहीमा एक घरधनिले चैत र वैशाख दुवै महिनाकाे घरभारा मिनाहा गर्नुभएकाे छ ।
लमही नगरपालिका वडा नम्बर ५ अादर्श टाेल निवासी लमहीका समाजसेवी एव शिक्षक दम्पती विक्रम पाेख्रेल र विन्दु पाेख्रेल द्वारा यो कोभिड 19 को लकडाउनको अवस्थालाई गम्भीर चिन्तन गरि सहयोगका निम्ति लमहीमा आफ्नो घरकाे तलकाे फल्याटमा भारामा बस्ने सबै परिवारलाई चैत र वैशाखकाे घरभारा र ईन्टरनेट शुल्क मिनाहा गरिदिनु भएको छ।
घरधनीले घरभारा नलिने बताएपछि तल्लाे तलामा घरभारामा बस्ने परिवारहरूले घरबेटी लाई धन्यवाद दिएका छन् ।