काठमाडौ १० बैशाख। प्रवासबाट लेखिका तथा अभियान्ता ज्वाला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलि सरकारले ८० करोड राहत कहाँ-कहाँ वितरण भयो प्रमाण सहित मिडियामा देखाउन सरकारलाई चुनौती दिएकी हुन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनिले येस्तो भनेकी हुन् उनको स्टाटस जस्ताको तेस्तै – ‘केपी ओलीको ८० करोडको राहत बितरण कस्ले र कहाँ पायो? प्रमाण सहित मिडियामा देखाउ ! बिलपनि देखाउ ! गरिब कोरोनाले भन्दा नि भोकले मर्न थालिसके, सत्ताका गुलामहरु अझै कति झुठ बोल्छौ?
उनले प्रधानमन्त्रीले भनेको कुरामा विश्वास गर्ने कुनै ठोस आधार छैन र समस्यामा परेका नागरिकले अझै राहत नपाएको तर्फ इङगित गरेकी छिन् ।
गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले ८० करोड रुपैयाँ बराबरको राहत वितरण गरिसकेको बताएका थिए । कोरोना भाइरसको समयमा समस्यामा परेका नागरिकलाई मध्यनजर गर्दै सरकारले ८० करोड बराबरको राहत वितरण गरिसकेको जानकारी गराएका थिए तर कतैबाट पनि कस्ता कस्ता नागरिकले पाए भन्ने कुनै विवरण भने देखा परेको छैन।